काठमाडौं । नागरिकता किर्ते गरेको कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार न्यायाधिस चित्रबहादुर गुरुङको इजलासले नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई पक्राउ गर्न अनुमति दिएको हो ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाविरुद्ध २०८१ वैशाख १६ गते जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी दिएका थिए। उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप लगाइएको छ । उत्त उजुरीमा छानविन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए ।