काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।
न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश दिइएको हो।
नागरिकता कीर्ते प्रकरणमा उजुरी परेपछि प्रहरीले सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा ल्याएको थियो ।