‘केपी, माधव, गगनदेखि प्रहरी नेतृत्वलाईसमेत नछोड्नु’, यस्ता छन गृहमन्त्रीले तत्काल उठाउनु पर्ने कदम

गृहमन्त्री रवि लामिछानेसामु खडा भएका चुनौतीलाई यथाशीघ्र उठाउने र गल्ती गरेका र राज्यदोहन गरेकालाई खोजी खोजी कारवाही गर्ने हो भने देश परिवर्तन हुन्छ । लामिछानेले तुरुन्त गिरीबन्धु टि स्टेट मुद्दामा खड्ग प्रसाद ओली, क्यान्टोनमेन्ट प्रकरणमा पुष्पकमल दाहाल (प्रचण्ड) लाई , काठमाडौं माता तीर्थको ३०० रोपनी भन्दा बढी सरकारी जग्गा गुठीको बनाई अपचलन गरेकोमा वावुराम भट्टराईलाई, टिकापुर जग्गा प्रकरणमा आरजु देउवा र श्रोत नखुसेको संपत्ति विवरणमा जयबहादुर देउवालाई छानविन गरेर कारवाही गर्न सक्नुपर्छ ।

लामिछानले टेरामक्समा ज्ञानेन्द्रबहादुर कार्कीर मोहन बहादुर बस्नेत, एनसेल दर्ता नगरी विदेशीलाई चलाउन दिएकोमा यस्को संचालन हुंदाको समय देखि यता संलग्न प्रधानमन्त्री, विभागीय मन्त्रीहरु , विभागीय पदाधिकारीहरु, भक्तपुरको कमल पोखरीको जग्गा अपचलन गरी भएको भ्रष्ट्राचारमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्ने र मुद्दा लगाएर कारागारमा पुर्याउन सक्नुपर्छ ।

संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले नागरिकता किर्ते गरेकोमा किर्ते नागरिकता प्रयोग गरी सरकारी सेवामा रही पदीय दुरुपयोग समेतको भ्रष्ट्राचार गरे विरुद्ध निजलाई, ललिता निवाश र धोविखोला जग्गा अपचलनका मुख्य नाइके माधवकुमार नेपाललाई ललिता काण्डमा उन्मुक्ति दिइएकोमा कानूनी राजको सम्मानका लागि निजको हकमा सोही मुद्दा जगाउन सक्नुपर्छ ।

धोविखोलाको ६ रोपनी भन्दा बढी सरकारी जग्गासमेत अपचलन गरे विरुद्ध र ललिता निवाश काण्ड समेत जोडी पटके कायम गरी मुद्दा चलाउन र त्यस्ता कसुरदार दुबै पद्मप्रसाद पाण्डे र माधवकुमार नेपाल विरुद्धको जाहेरी दर्ता नगर्ने नेपाल प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एआइजी श्यामलाल ज्ञवाली जस्ता राष्ट्र सेवाको नाममा भ्रष्टहरुको सेवा र संरक्षण गरी नेपाल प्रहरीको छवि धुमिल्याउने प्रहरी कर्मचारीहरुलाईसमेत कारवाही ठोक्न नसकेसम्म देशमा परिवर्तन र सुशासन आउँदैन ।

सूचना बेचेको र बाख्रा फार्ममा घोटाला भएको भनि आफैले संसद सभा कक्षको रोष्टमबाट गगन थापालाई लगाएको आरोपका विषयमा निज गगन थापा समेत सबैलाइ कानूनतय मुद्दा उठीसकेकोमा कारवाहीका लागि मुद्दा दायर गर्न सक्नुपर्छ । मुद्दा नउठी सकेकोमा जाहेरी र भ्रष्ट्राचारको उजुरीहरु लिइ, लिन लगाइ संलग्न सबैभ्रष्ट नेता, कर्मचारी र व्यक्तिहरु विरुद्ध मुद्दा चलाउनु पर्ने टड्कारो अवस्था हो ।

यदि लेखिएअनुसारका व्यक्तिहरुलाई फोहोर राजनीति खेलका कारण मुद्दा चलाउन नसक्ने अवस्थालाई स्वीकार गरिन्छ भने निकट भविष्यमा आफैं विरुद्ध तिनिहरुबाटै मुद्दा उठाइने कुरा नकार्न सकिंदैन । जुन चुनौतीपूर्ण अवस्थालाई मनन गरी सबै भ्रष्टहरुका बिरुद्ध ढिलो नगरी मुद्दाको कारवाही गरिनु जरुरी छ।

यो काम हुन सक्यो भनेमात्र वैकल्पिक राजनीतिक शक्तिको रुपमा रहेको जनमतलाई कायमै राख्न सकिन्छ, अन्यथा सकिने छैन र वैकल्पिक जनशक्तिमा विभाजन आयो भने तिनै भ्रष्टहरुले यो देशको दोहन गर्नेछन् जुन देशकै लागि दुर्भाग्य हुने छ।

आफ्ना विरुद्धको सहकारी ठगि काण्डमा परेको जाहेरी र सो सरहका अन्य विवादहरुमाथी अनुसन्धान गर्न लगाई आफू वा कोही पनि कानून भन्दा माथि छैन,हुँदैन, हुन दिन्न भन्ने प्रमाणिक संदेश नागरिकहरुलाई संप्रेषित गर्नुपर्ने छ ।

कुहिएर गन्हाएका , तीन दशक भन्दा बढी समय सम्म राज्य दोहन गरेका, राजनीतिक धर्म र आदर्श विपरीत जिविकोपार्जनका लागि राजनीतिलाई नै पेसा बनाएर राज्य सत्ताको कुर्सीमा बसिरहने मानवीय गुण भएका स्वतन्त्र विवेकशील आम नागरीकहरुबाट दुत्कारिएका, गठबन्धनमा पालो गरी सामेल भै रहने ठूला भनिएका तथाकथित राजनीतिक दल र तिनका नेताहरुले गरेका भ्रष्ट्राचारको उत्खनन् गर्नुपर्छ । अभिमत दिएर पठाएका संप्रभु संपन्न नागरिकहरुको भावना विपरीत भ्रष्ट्राचार र देशद्रोहको दुर्गन्धित आहलमा रहेको विकृत राजनीतिको मूल प्रवाहमा सामेल हुँदाको परिणति हो आजको अवस्था ।

म त सफा र स्वच्छ छु भनेर फोहोरको आहलमा डुब्दा आफू पनि फोहोर नै हुने हो । अहिले सम्म अराजकता र दण्डहिनतामा देश दोहण गर्दै प्रकृतिक, धार्मिक संपदा , वहु संस्कृति र धार्मिक अनेकताको धनि देशलाई विश्व मान चित्रमा गरीव भनेर चित्रण गराउने विदेशी मालिकहरुले कजाएका देश भित्रका खेतालाहरुसंग मिस्सिएपछि गर्न खोजेको काम गर्न नसक्ने परिस्थीति खडा हुन्छ, यो वास्तविकता हो ।

तसर्थ यि राष्ट्रद्रोही भ्रष्ट दल र नेताहरुलाई तिनले गरेका भ्रष्ट्राचारको निर्मम उत्खनन् गर्दै घेराबन्दी गर्न स्वतन्त्र नागरिकहरुको वैकल्पिक राजनीतिक शक्तिको उदय हुनु पर्छ । सामेल हुन नहुने सरकारमा सामेल भै सकेपछि देशहितमा आफूले गर्न सक्ने र गर्नु पर्ने काम पूर्वाग्रह रहित तबरले गर्न सक्नुपर्छ नेतृत्व गर्ने व्यक्तिले।

राष्ट्रिय मुद्दाहरुमा स्पष्ट धारणाहरु सार्वजनिक हुनुपर्छ, राज्य संयन्त्रहरु कसरी चले चलाइएका छन, नियुक्तिहरु कसरी गरे गराइएका छन् त्यस विषयमा नागरिकहरुलाई स्पष्ट पारिनुपर्छ। यि सबै कामहरु विचार पुर्याएर यथासमयमै गर्न सक्यो भने भोलिका दिनमा सरकार बाहिर रहनु पर्दा पनि वैकल्पिक जनशक्तिको समर्थन रहिरहने संभावना देखिन्छ। त्यसो हुन नसकेर सिरोहिया बिरुद्ध मात्र कारवाही उठ्ने अरु भ्रष्टहरुलाई केही नगरिने , आफू माथिको आरोपलाई कानूनको कसिमा ढाल्न नचाहने वा कानूनी प्रकृयालाई वेवास्ता गर्ने जस्ता प्रवृत्तिहरुलाई मान्यता दिइने हो भने त्यस्ता प्रवृत्तिहरु प्रत्युत्पादक हुन सक्नेमा सन्देह छैन ।

रह्यो हाम्रो कुरा । हामी सत्य बोल्नु पर्छ, गलतको बिरोध गर्नु पर्छ भन्छौं र जो कोहि पनि गल्ति गर्ने साना ठूला व्यक्तिहरुलाई कानूनको दायरा भित्र ल्याइनु पर्छ भन्ने मान्यता र सिद्धान्तकासाथ काम गरिरहेका छौं। देश जोगाउनका लागि कांग्रेस, एमाले र माओवादी दल र नेताहरुसँग मित लगाउने होइन यिनिहरुलाई कानूनको दायरामा ल्याइ राज्यद्रोह गरेकोमा काराबासको सजाय दिइनु पर्छ भन्ने मान्यता राख्दछौं। औसत्य र न्यायको खोजी अभियान ।

(बरिष्ठ अधिवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको बिचार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज