विज्ञप्ति फिर्ता लिन दबाब दिँदै नेपाल बारमा कालो ब्यानर सहित अधिवक्ताहरूको प्रर्दशन

काठमाडौं । नेपाल बार एसोसिएसनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता सम्बन्धी कसूरमा अनुसन्धानका लागि पक्राउ परेको प्रकरणमा जारी गरेको विज्ञप्ति फिर्ता लिनु पर्ने माग गर्दै आइरहेका अधिवक्ताहरूले आइतबार बार एसोसिएसनमा कालो ब्यानर सहित विरोध जनाएका छन् ।

बारले निकालेको उक्त विज्ञप्ति फिर्ता लिन दवाब दिँदै अधिवक्ता कृष्ण घिमिरे दिपकराज जोशी, अनिल आचार्य, कृष्णबहादुर खनाल, लवण न्यौपाने र विनोदमणि भट्टराईले प्रर्दशन गरेका हुन ।

बारको आधिकारिक निर्णय समेत नगरी आफू अनुकुल हुने र अदालतबाट आदेश भइ जारी भएको पक्राउ पुर्जीलाई समेत लत्याइ हचुवा किसिमले विज्ञप्ति जारी गरिएको भन्दै उनीहरूले विरोध गरिरहेका छन् । उनीहरुले विज्ञप्तिमा ७ जना कार्यसमिति सदस्यहरूले संयुक्त रुपमा काउन्टर विज्ञप्ति समेत निकाली विरोध गरिसकेको अवस्थामा तपाइ समेतले जारी गरेको विवादित विज्ञप्ति खारेज गरि तमाम आम कानून व्यवसायीको मर्म र भावना विपरीतको विज्ञप्ति के कति कारणले लेख्न बाध्य हुनु भएको हो सो कारण सहित क्षमा याचना समेत गरेर नेपाल बारको गरिमालाई अक्षुण्ण राख्न मद्दत गर्न हुन यो निवेदन लिइ उपस्थित भएका छौं ।

उनीहरूले विज्ञप्ति निकाल्ने विषय अदालतको अवहेलना जन्य कसूर देखिइरहेको हुँदा यसबाट पछि पर्न सक्ने दूरगामी असरका विषयमा सचेत रहन बार नेतृत्वलाई सचेत गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज