काठमाडौं । हुण्डीलाई सरकराले बल्ल कानूनी दायरामा समेटेको छ । हुण्डीलाई फौजदारी कसुरका रुपमा व्यख्यासहित एक वर्ष सजायसम्मको व्यवएथा हुने गी मुलुकी अपराध संहिता २०७४ मा संशोधन भएको छ ।
कानून संसोधन भएसँगै नेपाली कानुनले हुण्डीलाई स्पष्ट रुपमा परिभाषित समेत गरेको छ । मुलुकी अपराध संहिता, २०७४ मा संशोधन गर्दै सरकारले हुण्डीलाई फौजदारी कसुरका रुपमा परिभाषित गरेको हो भने हुण्डी सम्बन्धि कारोबार गर्नेलाई सजाय पनि तोकेको छ ।
कानुनले हुण्डीलाई पहिचान गरे पनि हुण्डीमार्फत् विदेशी मुद्रा अपचलन गर्नका लागि हुने सजाय भने घटेको छ । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०८० ले मुलुकी अपराध संहितासहित १८ ऐनलाई संशोधन गरेको हो ।
जसअनुसार संहिताको दफा १२५ पछि १२५क थपिएको छ । नयाँ दफाको पहिलो उपदफामा भनिएको छ, ‘कसैले पनि हुण्डी सम्बन्धि कारोबार गर्न वा गराउन हुँदैन ।’
उपदफा (१) माथि थप स्पष्टीकरणस्वरुप ऐनमा हुण्डी कारोबार भन्नाले प्रचलित कानुनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानी उपकरणको माध्यमबाट बाहेक अन्य व्यक्ति, उपकरण वा अन्य कुनै पनि माध्यमबाट नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तर वा हिसाब मिलान वा भुक्तानी लिने, दिने वा हुने गरी गरी व्यवसाय बनाइ गरिने कारोबार भन्ने बुझिन्छ ।
अर्थात् अनुमतिबिना नेपालबाट विदेश वा विदेशबाट नेपाल पैसा पठाउने वा हिसाब मिलान गराउने कामलाई व्यवसाय बनाइ गर्ने कामलाई हुण्डी भनिएको हो ।
यसरी कुनै व्यावसायिक कारोबारको वास्तविक हिसाब, किताब नदेखिने गरी सो सम्बन्धि रकम कुनै पनि माध्यमबाट भुक्तानी लिनेदिने गर्नु नहुने ऐनमा उल्लेख छ ।
यस्तो कसुर गरेर बिगो र सोबाट बढे वा बढाएको सम्पत्ति जफत गरी एक वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
संहिता संशोधन हुनुअघि हुण्डी कारोबार गर्नेलाई विदेशी मुद्रा अपचलन गरेको कसुरमा कारबाही हुने गर्थ्यो । जसअनुसार हुण्डी कारोबार गर्नेलाई विदेशी विनिमय (नियमत गर्ने) ऐन, २०१९ अनुसार कारबाही हुन्थ्यो ।
विदेशी विनिमय ऐनअनुसार विदेशी मुद्रा अपचलन गर्नेलाई बिगोको ३ गुणासम्म वा ३ वर्षसम्म सजाय हुने व्यवस्था थियो ।
विदेशी विनियम अपचलन गर्नेलाई राजस्व अनुसन्धान विभागले मुद्दा चलाउने गरिएको थियो । तर, प्रायः मुद्दा कमजोर हुने गरेको थियो ।