काठमाडौं । नेपाल बार एसोसिएसनले २०८१ वैशाख ९ गतेको विज्ञप्तिको विषयलाई कार्यसमितिको एजेन्डा बनाउने भएपछि कानून व्यवसायीले गर्दै आएको अन्दोलन स्थगित गरेका छन् ।
बारले सो दिन नागरिकतामा कीर्ते गरेको मुद्दामा पक्राउन परेको व्यक्तिको विष्यामा बारका महासविचको हस्ताक्षरबाट विज्ञप्ति निकालेको थियो । उक्त विज्ञप्ति अदालतको आदेशले पक्राउ पुर्जी जारी भएको विरुद्ध भन्दै कानून व्यवसायीले विरोध गर्दै आएका थिए ।
नेपाल बारको विज्ञप्ति बार एसोसिएसनकै विधान, स्थापित मूल्य मान्यता र सिद्धान्तविपरित भएको भन्दै यसलाई अवबिलम्ब फिर्ता लिनुपर्ने माग कानून व्यवसायीले गर्दै आएका थिए ।
अधिवक्ता दीपकराज जोशी संयोजक रहेको उक्त समूहले गरेको मागलाई बारले कार्यसमितिको वैठकमार्फत सम्बोधन गर्ने भएपछि आफ्ना आन्दोलनका कार्यक्रम सबै स्थगति गरेको छ ।
अधिवक्ताहरु अनिल आचार्य, विनोदमणि भट्टराई, लबन न्यौपाने, कृष्णबहादुर खनाल र लाकेन्द्रबहादुर ओलीले संयुक्त रुपमा बारलाई ज्ञापनपत्र बुझाउनेदेखि बारको प्रांगणमा ६ बुँदे मागसहितको ब्यानर राखेर आन्दोलन गर्दै आएका थिए । बारले आफ्ना मागलाई सकारात्मक लिने भएपनि आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।