काठमाण्डौं । गण्डकी प्रदेश सभाले सर्वोच्च अदालतको आदेश अबज्ञा गरेको छ । सर्वोच्च अदालतले सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारवाही नगर्न अन्तरिम आदेश जारी गरेपनि गण्डकी प्रदेश सभाको आजको बैठमा सांसद देवकोटालाई प्रवेश गर्न रोक लगाइएको छ ।
पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणीन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले गत सोमबार सांसद देवकोटालाई गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चको आदेशपछि बिहीबार बस्ने प्रदेश सभा बैठकमा सहभागि हुन गएका सांसद देवकोटालाई प्रदेश सभाका मर्यादा पालकले प्रवेशमा रोक लगाएका हुन् ।