ललितपुरको लालीगुराँ‍‍स सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ

काठमाडौं । ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार राति काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।

भण्डारीलाई वचतकर्ताको रकम अपचलनको आरोप लागेको थियो । लालीगुराँस बहुउद्देश्यीय सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । सहकारी ठगीसम्बन्धी छानविन गर्न गठित संसदीय विशेष समितिको सूचीमा समेत यो सहकारीको नाम रहेको रहेको छ ।

प्रहरीले पक्राउपूर्जी जारी गरेपछि फरार रहेका भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत हुन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज