फौजदारी न्याय प्रशासनमा सुधार सम्बन्धी राष्ट्रिय कार्यशालाको आयोजना  

काठमाडौं । काठमाडौंमा आज फौजदारी न्याय प्रशासनमा सुधार सम्बन्धी राष्ट्रिय कार्यशालाको आयोजना भएको छ । महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित उक्त कार्यशालाको सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश प्रकाश मानसिं राउतले एक कार्यक्रमकाबीच उद्घाटन गर्नु भएको छ । 

उक्त  कार्यक्रममा  महान्यायाधिवक्ता, नेपाल बार एशोसिएसनका अध्यक्ष एवं प्रतिनिधि, नेपाल सरकारका निमित्त मुख्य सचिव, अतिरिक्त प्रहरी निरीक्षक, उपत्यका स्थित बार इकाइका अध्यक्ष एवं प्रतिनिधि, महान्यायाधिवक्ता कार्यालयका न्यायाधिवक्ताहरू, फौजदारी कानून समाजका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज