संसदीय विशेष समितिले माग्यो समस्याग्रस्त २० वटा सहकारीका कागजात

काठमाडौं । सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ । आइतबार बसेको समिति बैठकले २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परिक्षण प्रतिवेदन लगाएतका बिबरण पठाउनका लागि पत्रचार गर्ने निर्णय गरेको हो ।

समिति संयोजक सूर्य थापाका अनुसार ती सहकारीको सवै बिवरण आएपछि अध्ययन गर्ने र अनुसन्धान सुरु हुनेछ ।

समितिले समस्याग्रस्त सहकारीको छानबिनका लागि यसअघि भएका अनुभवनका बारेमा बिभिन्न आयोग, समितिका संयोजकहरुसंग छलफल गरेको छ ।

समितिले २०४७ सालमा सहकारी सन्दर्भमा अन्तरिम सरकारले गठन गरेको कार्यदलका संयोजक राधाकृष्ण मैनाली, तत्कालिन समस्याग्रस्त सहकारी सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरि बहादुर कार्की लगाएतसंग यसअघिका अध्ययन अनुसन्धानका बारेमा छलफल गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज