काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने मागसहित दायर रिटको अन्तिम सुनुवाइका लागि भएको बहस सकिएको छ । न्यायधिशद्धय सपना मल्ल प्रधान र शारङ्गा सुवेदीको संयुक्त इजलासमा असार ७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । पहिलो दिन बहस नसकिएपछि असार १८ गतेलाई हेर्दाहेर्दैमा राखिएको थियो । असार १८ गते पनि वहस नसकिएपछि यसलाई बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । तर, बुधबार बहस हुन नसकेपछि यसलाई स्थगितमा राखिएको थियो । बिहीबार सुनुवाइले निरन्तरता पाएपछि वहस सकिएको हो ।
सहकारी ठगीको आरोप लागेको व्यक्ति गृहमन्त्रीको पदमा बसिरहन नमिल्ने भन्दै अधिवक्ता अनुपम भट्टराईले जेठ १४ गते रिट दायर गरेका थिए ।