काठमाडौँ । शुक्रबार बेलुका देखि शनिवार दिनभरी जसो परेको झरीका कारण मुलुकका विभिन्न भाग डुबानमा परेका छन् । केही सडक अवरुद्ध भएका छन् । बाढी पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको छ । हेरौँ मुलुकका विभिन्न क्षेत्रका तस्वीर:

नवलपुर (नवलपरासी), २२ असारः
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै । तस्बिरः टेकराज पोखरेल/रासस

जानकी (बाँके), २२ असारः
बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको सिधनवा घाटस्थित राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका दाउरा जोखिम मोलेर सङ्कलन गर्दै वडा नम्बर ६ का स्थानीयवासी । तस्बिरः रुपनी जि एम/रासस


देउखुरी, २२ असार ः घोराही उपमहानगरपालिका–५ वसन्तापुरमा बबई नदीमा आएको बाढीका कारण डुबानमा परेका घर । सो गाउँ आसपासका पाँच घरमा बाढी पसेको छ । तस्बिर ः रञ्जिता अधिकारी/रासस


मनाङ २२ असार ः मनाङ सदरमुकाम चामे बजार बीचबाट बगेको घट्टेखोलामा बाढी आएको छ भने उता मर्स्याङदी नदीको पानीको सतह बढ्दा चामे बजारको अवस्था । तस्बिर ः नवीन लामिछाने/ रासस


दाङ, २२ असार ः गएरातिदेखि परेको भारी बर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका– १७ स्थित ओखरा र बेलभार जोड्ने स्थानीय खोलामा बनेको कलभर्ट छेउको भत्किएको सडक । तस्बिर ः कुलदीप न्यौपाने/रासस



दाङ, २२ असार :
अविरल वर्षाका कारण शनिबार जलमग्न बनेको दाङको घोराही उपमहानगरपालिका क्षेत्रका खोला तथा खेत । तस्बिर : कुलदीप न्यौपाने/रासस

दाङ, २२ असारः
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित घोराही तुलसीपुर सडकखण्डमा दुर्घटनामा भएको रा १ ख २४४९ नम्बरको ट्रक । घोराहीबाट नारायणपुरतर्फ जाँदै गरेको ट्रकका चालकले अत्याधिक मादक पदार्थ सेवन गरेर चलाउँदा ट्रक खोलामा पल्टिएको हो । तस्बिरः कुलदीप न्यौपाने/रासस

तुलसीपुर २२ असारः
वर्षापछि शनिबार राप्ती नदीमा आएको बाढी । तस्बिरः दीपक बोहरा/रासस

काठमाडौँ,२२ असारः
काठमाडौँको तिनकुने गैरीगाउँस्थित जलमग्न सडकमा जमेको पानीको प्रर्वाह नगरी जोखिम मोलेर सवारी साधन सञ्चालन गर्दै चालक । तस्बिर :विमलबहादुर बिष्ट/रासस


नवलपुर (नवलपरासी), २२ असारः
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीबाट घर डुबानमा परेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ बोटेटोलका बासिन्दा सुरक्षित स्थानमा जाँदै । तस्बिरः टेकराज पोखरेल/रासस