५ दिनपछि सरकार परिर्वतन हुने भएपछि मन्त्रीका आकांक्षी संसादको बुढानिलकण्ठमा दौडधूप, मन्त्रीको लबिङ तीव्र

काठमाडौँ । पाँच दिनपछि सरकार परिर्वतन हुने भएपछि मन्त्रीका आकांक्षी संसादहरुको बुढानिलकण्ठमा दौडधूप बढेको छ । मन्त्रीको लबिङ तीव्र पारेका संसदहरु मन्त्री बन्न लालायही हुँदै देउवा निवास बुढानिलकण्ठ धाउन थालेका हुन् ।

नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारीपछि नेपाली कांग्रेसका सांसदहरू मन्त्रीका लागि दौडधुपमा लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस सांसदको भिड लाग्न थालिसकेको छ ।

असार १७ मा कांग्रेस र एमालेबिच सत्ता सहकार्यको सहमति भएसँगै कांग्रेस सांसदहरूले मन्त्रीको लबिङ तीव्र पारेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिनेगरी तयारी गरेका छन् । त्यसैले यही महिनाभित्रै नयाँ सरकार गठनको ढोका खुल्ने छ । सरकार गठनको ढोका नखुल्दै कांग्रेसमा मन्त्री बन्न चर्को हानथाप सुरु भइसकेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसबाट नेतृत्व गर्नेमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायतको नाम चर्चामा छ ।

सभापति देउवा भने कांग्रेसबाट उपप्रधानमन्त्री पठाउने–नपठाउने अन्योलमा छन् । देउवा निकट स्रोतका अनुसार कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच उपप्रधानमन्त्री नराख्ने विषयमा छलफल भएको छ ।

‘सभापतिजी उपप्रधानमन्त्री नरोक्ने कि भन्नेमा हुनुहुन्छ जस्तो छ । पार्टीबाट नेतृत्व गरेर सरकार जान इच्छुक शीर्ष नेताहरूको दबाब थेग्न सक्नु भयो भने यो पटक कांग्रेसबाट उपप्रधानमन्त्री नपठाउने सम्भावना छ,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीजी पनि आफ्नो पार्टीबाट समेत उपप्रधानमन्त्री नपाउने पक्षमा हुनुहुन्छ रे ।’

त्यतिबेला नै देउवाले अर्को पटक सरकारमा पार्टीको नेतृत्व गर्ने गरी उपप्रधानमन्त्रीसहित पठाउने बचन सिंहलाई दिएका थिए ।
यद्यपि कांग्रेसबाट उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्दा सिंहको सम्भावना उच्च छ । पार्टीको १४ औँ महाधिवेशनमा सिंहको समर्थनको बलमा देउवा दोस्रो चरणमा सहजै सभापतिमा दोहोरिएका थिए ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि सिंह कांग्रेसबाट नेतृत्व गरेर सरकार सहभागी हुन चाहेका थिए । पुस १० मा भत्किएको कांग्रेस–माओवादीसहितको गठबन्धन बिउँताउन भगीरथ प्रयत्न गरेका उपसभापति पूर्णबहादुर खड्काले प्रचण्ड सरकारमा कांग्रेसबाट नेतृत्व गर्ने मौका पाए । प्रचण्डले नै खड्कालाई पठाइदिन आग्रह गरेपछि सिंह रोकिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज