काठमाडौँ । लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्मालाई बाल श्रम शोषण गरेकी छिन् । उनले श्रम शोषण गरेका बालकको काठमाडौँ महानगरले उद्धार गरेको छ । उद्धार लगत्तै सर्वोच्च अदालतमा रिट दाएर गरेको छ ।
अदालतमा न्यायाधीश बिच राय बाझिएपछि बालिका घर जान पाएकी छैनन् ।
नाबालिकाका बाबुले काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयर विरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो। उनले नाबालिकालाई बाबुको जिम्मा लगाउन आदेश दिनु नपर्ने राय लेख्दै उनको शिक्षा र स्वास्थ्यको यथोचित व्यवस्था मिलाउन भनेका छन् । बाबुआमालाई भेट्न दिनुपर्ने भन्दै उनले ३/३ महिनामा त्यसको प्रतिवेदन पेश गर्नू भनी आदेश हुनुपर्ने राय लेखेका थिए । दुई न्यायाधीशको राय बाझिएपछि नाबालिकाको बाबुले पेश गरेको निवेदन अब तीनजना न्यायाधीश सम्मिलित पूर्ण इजलासले सुनुवाइ गर्नेछ ।