काठमाडौं । सरकारले बाधा अड्काउ फुकाउ आदेश जारी गर्दै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुबै आयोगको म्याद २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो ।