काठमाडौँ । उच्च अदालत तुलसीपुर बुटवलको इजलासले आर्थिक वर्ष ०८० ८१ मा लक्ष्यभन्दा करिब २३ प्रतिशत बढी मुद्दाको फैसला गरेको छ । यस अदालतले एक हजार ५४१ र यस वर्ष दर्ता भएका मध्य दुई हजार ३६५ सहित तीन हजार ९०६ थान मुद्दा असार २८ गतेसम्म तीन हजार ४९ थान मुद्दाको फैसला भएको छ । त्यसै अदालतले यस वर्ष दुई हजार ४८० र ५६९ मुद्दा फैसला गर्ने लक्ष्य तोकिएको भन्दै रजिस्ट्रार प्रेमप्रसाद पौडेलले बताउनु भयो ।
लक्ष्यको १२२/९ प्रतिशत मुद्दाको फैसला गर्न सफल यस अदालतमा अब बाँकी रहेका मुद्दामध्ये एक वर्ष नाघेका मुद्दा एउटा पनि छैनन् । ६ महिना नाघेका जम्मा १४५ थान मुद्दा रहेका छन् ।
अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीको अनुसार सेवाग्राहीलाई सकेसम्म शीघ्र सेवा प्रदान गर्ने तथा न्यायिक सुशासन कायम गर्न लागिपरेको बताउनु भयो। यस वर्ष धेरै मुद्दा फैसला गर्न सफल भएको जानकारी दिनु भयो।
आठ वर्षयताकै उच्च फैसला, एक वर्षअगाडिका सबै मुद्दाको फैसला। बुटवल इजलासको आर्थिक वर्षको तथ्याङ्क र्हेने हो भन्नी ०७३/७४ मा तीन हजार आठ मुद्दामा दुई हजार ९६ अर्थात् ६९/६८ प्रतिशत, ०७४/७५ मा दुई हजार २०१ मुद्दामा इक हजार ६७७ अर्थात् ७६/१९ प्रतिशत, ०७५/७६ मा दुई हजार ९६८ मा एक हजार ९९६ अर्थात् ६७/२५ प्रतिशत मुद्दा फैसला गर्न सफल भएको छ।
त्यस्तै, ०७६/७७ मा दुई हजार ५०० मुद्दामा एक हजार ६८५ अर्थात् ६७/४ प्रतिशत, ०७७/७८ मा दुई हजार ५७८ मुद्दामा एक हजार २८५ अर्थात् ४९/८४ प्रतिशत, ०७८/७९ मा तीन हजार ५२४ मा एक हजार ८७१ अर्थात् ५३/०९ प्रतिशत मुद्दाको फैसला भएको थियो ।