काठमाडौँ । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दिएको राजीनामा स्वीकृत भएको हो ।
पोखरेलले बुझाएको राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर सरकार बनेपछि पोखरेलले राजीनामा बुझाएका हुन् ।