विद्यालय शिक्षा विधेयकमाथि संसदीय समिति पुनः छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा सन्धी विधेयकमाथि छलफल अघि बढाउने भएको छ ।

पछिल्लो समय समितिमा यो विधेयकमाथि छलफल रोकिएको थियो । विधेयकमाथि पुनः छलफल अगाडि बढाउने गरी समितिले बुधबार बैठक नै राखेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्ने गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहान j’waf/ ११ बजे बैठक राखेको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा विधेयकमा संशोधन राख्ने संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।

समितिका उपसचिव दशरथ धमलाले संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने गरी बैठक राखिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज