काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा शीतल निवासमा आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले बडाल बुधबार महान्यायाधिवक्तामा नियुक्त भएका हुन । अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा लामोसमय सम्मआबद्ध बडाल प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७७ चैतदेखि २०७८ असारसम्म करिब चार महिना महान्यायाधिवक्ता बनेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएपछि यसअघिका महान्यायाधिवक्ता डा।दीनमणि पोखरेलले राजीनामा दिएका थिए ।