काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले फुङलिङ नगरपालिका इन्जिनियर अख्तर हुसेन विरुद्ध भ्रष्टाचार दायर गरेको हो ।
हुसैनले खेल मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।
हुसेन लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा बिगो एक लाख कायम गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १० को देहाय ग बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १० अनुसार बिगो बमोजिम जरिवाना मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।