काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद्ले वार्षिकोत्सवको अवसर पारेर ५ दशक देखि निरन्तर कानून व्यवसायमा संलग्न रही सेवा गरिरहेका अधिवक्ता तथा वरिष्ठ अधिवक्तालाई सम्मान गर्ने भएको छ । परिषदले सूचना जारी गर्दै विगतमा आफ्नो वार्षिक दिवसका अवसर पारेर गर्दै आइरहेको सम्मानलाई यसवर्ष पनि निरन्तरता दिन लागिएको जनाएको हो ।
परिषद्ले निरन्तर रूपमा ५० वर्षदेखि कानून व्यवसायमा संलग्न रहेका कानून व्यवसायीहरूलाई आ आफ्नो बार एकाइ मार्फत ७ दिन भित्र परिषद्को सम्पर्क कार्यालय वा परिषद्मा विवरण पठाउनु हुन अनुरोध गरेको छ ।
परिषद्ले हरेक वर्षको साउन २७ गते आफ्नो वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।