निर्वाचन आयुक्तमा सिफारिस प्रधानसँग गोप्य छलफल, संसदीय समितिले आजै गरेन अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानसँग गोप्य छलफल गरेको छ। बुधबार बसेको समितिको बैठकमा प्रधानसँग समितिले गोप्य छलफल गरेपनि उनको अनुमोदनबारे कुनै निर्णय गरेन ।

प्रधानले एक महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर यौन दुर्व्यवहार गरेको भन्दै संसदीय समितिमा उजुरी परेपछि उनको सुनुवाई रोकिएको थियो ।

संवैधानिक परिषदको असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । परिषदले प्रधानको संसदीय सुनवाइका लागि असार ४ गते समितिमा पठाएको थियो ।प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २१ गते प्रधानको संसदीय सुनुवाइका लागि मिति तय गरेको थियो । तर प्रधान विरुद्ध यौन दुर्व्यवहार लगायतका ४ वटा उजुरी परेपछि असार २० गते समितिले उजुरीकर्तालाई बोलाएर सिंहदरबारमा छलफल गरेको थियो । उजुरीकर्तासँगको छलफल पछि प्रधानको संसदीय सुनुवाइ रोकिएको थियो ।

सुनुवाइ समितिमा अधिकांश सांसदहरूले प्रधानविरुद्ध परेको यौन दुर्व्यवहारको उजुरीमाथि केन्द्रित भएर प्रश्न सोधेका थिए। सहभागि एक सांसदका अनुसार यसविषयमा सांसदहरुले सोधेको प्रश्नको प्रधानले कुनै उत्तर दिएनन् । उनले सांसदहरूले सोधेका प्रश्नका बारेमा यो विषय मिलापत्र भई अदालतबाटै टुंगिएको बताएका थिए। यौन दुर्व्यवहारसम्बन्धी आफूमाथि लागेका आरोपको अस्वीकार नगरेका उनले पिडित भनिएकी महिलालाई दिएको १ करोड २५ लाख रुपैयाँको आयस्रोतबारेको सांसदले सोधेको प्रश्नमा कुनै जबाफ दिएनन्।

प्रधानले आफूमाथि लागेका आरोप झुटो होइन भन्न सकेनन् उनले घुमाउरो पारामा अदालतबाट निरूपण भइसकेको विषय भन्दै कानुनी प्रक्रियाभन्दा बाहिर गएर आफूले बोल्न बताएको ति सांसदले बताए । उनले मिलापत्र भइसकेको विषयलाई फेरि उजुरी गर्न आउनु कानुनसम्मत नभएको समिति समक्ष बताएका थिए।

प्रधानसँगको गोप्य छलफल सकिएपनि सुनुवाइ समितिले प्रधानलाई गरिएको सिफारिसमा बुधबार कुनै निर्णय लिएको छैन। उनको अनुमोदन हुने वा नहुनेबारे अर्को बैठकमा निर्णय हुने बताइएको छ ।

संवैधानिक परिषदको असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । सिफारिस भएको ४५ दिनभित्र समितिबाट अनुमोदन नभए प्रधान स्वत आयुक्तमा नियुक्ति हुनेछन् । छलफल पछि अधिकांश सदस्यहरु उनको अनुमोदनको पक्षमा नरहेको ती सांसदले बताए । साउन १७ गते प्रधानलाई नियुक्तिमा सिफारिश गरेको ४५ दिन पुरा हुन्छ ।

निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको आज संसदीय सुनुवाइ हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज