विमान चालक शाक्यको स्वास्थ्यमा सुधार 

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहनुभएका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । 

    कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताउनुभयो । उहाँले ढाडको एउटा हड्डीका साथै देब्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताउनुभयो । 

    “ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उहाँले भन्नुभयो, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।”

    यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते हुनुभएको थियो । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज