काठमाडौँ । काठमाडौँ प्रहरीमा बैङ्किङ कसुरका उजुरी दुई गुणाले बढेको छ भने अघिल्लो आर्थिक वर्ष २०७९। ०८० बैङ्किङ कसुरका उजुरी ४४६ र आर्थिक वर्ष २०८०। ०८१ सालमा बैङ्किङ कसुरका उजुरी ८१६ पुगेको हो।
काठमाडौँ प्रहरी अनुसार गत आर्थिक वर्ष सबैभन्दा बढी उजुरी बैङ्किङ कसुरकै थिए ।
बैङ्किङ कसुरपछि दोस्रोमा अभद्र व्यवहारका उजुरी छन् । गएको आर्थिक वर्षमा कुल ४२० अभद्र मुद्दाका उजुरी परेका छन् ।
त्यस्तै, तेस्रोमा भवितव्य घटना र साधारण चोरीका घटनाका उजुरी धेरै आएको काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारीको भनाइ छ ।