निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइका लागि साउन १४ गते समितिको बैठक आह्वान

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको बारेमा निर्णय लिनका लागि साउन १४ गते सोमबार बिहान साढे ११ बजे संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक आह्वान गरिएको छ ।

संवैधानिक परिषद्ले निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस गरेका प्रधान विरुद्ध यौन  दुर्व्यवहारको उजुरी परेपछि उनको संसदीय सुनुवाइ सरेको थियो । गत बुधबार (साउन ९ गते) उनको संसदीय सुनुवाई भएको थियो । सुनुवाइ समितिको बैठकमा सांसदहरुले यौन  दुर्व्यवहारको आरोप लागेको भन्दै प्रधानको ‘नैतिक चरित्र’ मा प्रश्न उठाएका थिए । संविधानको धारा २४५ को उपधारा ६ (घ) मा ‘उच्च नैतिक चरित्र भएको’ व्यक्ति निर्वाचन आयुक्तका लागि योग्य हुने उल्लेख छ ।संसदीय सुनुवाई सकिएपनि उनी माथि गम्भिर प्रकृतिको उजुरी परेपछि उनको नियुक्तीलाई अनुमोदन गर्ने नगर्ने सम्बन्धि निर्णय भने भएको थिएन ।

आयुक्तमा प्रधानको सिफारिस भएको ४५ दिनसम्म पनि सुनुवाई नभएमा उनको स्वतः अनुमोदन हुनेछ । साउन १७ गते प्रधानको सिफारिश भएको ४५ दिन पुग्दैछ । त्यसैले समितिले उनको बारेमा निर्णय गर्न साउन १४ गतेलाई मिति तोकिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज