संसदीय सुनुवाइ समितिको बैठक आह्वान, निर्वाचन आयुक्तमा सिफारिश प्रधानबारे निर्णय हुने

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक सोमबारका लागि बोलाइएको छ । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । सुनुवाइ समितिमा कांग्रेसका तर्फबाट सदस्य रहेका श्यामकुमार घिमिरेले बैठक बोलाएको पुष्टि गरे ।

भोलिको बैठकमा प्रधानको नाम अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे निर्णय हुने भएको छ ।

२ असारमा संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।

त्यसपछि सुनुवाइ समितिले उजुरीकर्तासँग र प्रधानसँग पनि यस विषयमा छलफल गरेको थियो । ९ साउनमा प्रधानसँग छलफल गरेपछि सुनुवाइ समिति बैठक स्थगित भएको थियो ।

यसबीचमा प्रधानको अनुमोदनका विषयमा प्रमुख दलका सांसदहरुले आफ्नो शीर्ष नेतासँग छलफल गरेका छन् । अब सोमबारको बैठकले उनको अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने एक सांसदले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज