सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सकियो

काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक बैठक सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरि सकिएको हो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको विषय टुङ्गो लगाउन संयन्त्रका सदस्यसहित सरोकारवाला निकाय बैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकमा नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा संयन्त्रमा हुनुहुन्थ्यो ।

बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी र महान्याधिवक्ता रमेश बडाललगायतको सहभागिता थियो ।

बैठकपछि महेश  बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरि आजको बैठक सकिएको बताए । उनले भने,  ‘मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ ।

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल गरेको थियो । उक्त बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ । सो सम्बन्धमा कानुनमन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि आजको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरूको सहभागिता रहेको हो ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज