काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय लिन बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।
विहान ११ बजे समितिको बैठक बोलाइएको बैठक दलहरु आन्तरिक छलफलमा रहेकाले ५ बजेका लागि सारिएको हो ।
असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।