सहकारी ठगीमा संलग्न १८ जनालाई विदेशबाट झिकाउन गृह मन्त्रालयलाई छानविन समितिको निर्देशन

काठमाडौँ । सहकारी पीडितहरूले बचत अपचलन दुरुपयोग र ठगी गरेको भनेर गुनासो गरेका १८ जना व्यक्तिहरू विदेशमा रहेको र संसद्‌मा पनि कुरा उठ्ने गरेको सभापति सूर्य थापाले जानकारी गराउनु भयो ।

विदेशमा रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानविनको दायरामा रहेको छ । यो सन्दर्भलाई बिचार गरेर समितिले गृहमन्त्रीलाई आमन्त्रित गरेर आग्रह गरेको छ ।

उनीहरूलाई समितिको छानविनको निम्ति देशभित्र ल्याउने वातावरण बनाइदिनुस् । भनेका छौं । देशभित्र ल्याई दिनुस् । उनीहरूलाई नेपाल ल्याएर सोधपुछ गर्न जरुरी भयो । बचतकर्ताहरूको बचत दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिमा के भन्नुहुन्छ भन्ने कुरा जरुरी भयो ।सहकारी ठगी प्रकरणमा परेका धेरै बाहिर रहेका छन् । उनीहरूलाई नेपालमा ल्याउन कानूनी पक्षमा के छ सरकारले गर्ने हो । पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्नुपर्ने छ वा के छ ।

नेपाल सरकार र सम्बन्धित देशबीच गर्नु पर्ने काम हो । उहाँहरु समितिको छानविनको दायरामा आउन जरुरी छ । १८ जनाको नाम गृह मन्त्रालयलाई दिएका छौं । त्यसमा जीबी राई छन् । उनी सानुपाइला,सहारा,सूर्यदर्शन,स्वर्णलक्ष्मी,हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको वचत दुरुपयोग सम्बन्धमा छानविनको दायरामा हुनुहुन्छ ।

सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन,राजमाया महर्जन,सचिन महर्जन र सरला महर्जनको विषयमा पनि सहकारी पीडितहरुले देश छाडेर बाहिर गएको गुनासो गर्नुभएको छ । सुर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन अमेरिकामा गएको गुनासो आएको छ । थानबहादुर बुढा मगर सूर्यदर्शनको पछिल्लो सञ्चालक समिति अध्यक्ष । 

शिवशिखर सहकारीका भूपेन्द्र राई,तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम,इमेज सहकारीका देवकुमार नेपाली , क्षेदा नेपाली र दीपक पौडेल ,साना पाइलाका तस्विरण खातुन र असरफ अली,सहारा वचत तथा ऋण सहकारी र सुप्रिम सुवास के।सी, कान्तिर सहकारीको प्रेमध्वज लामा,मेगाडिम सहकारीको महाशंकर रेग्मी गरी १८ जना अमेरिका,बेलायत,मेलेसिया,युरोप लगायत भारत र कतिको अज्ञात रहेकाले उहाँहरुलाई खोज्न, स्वदेश फर्काएर उनीहरुलाई छानविन समितिको सम्पर्कमा ल्याएर छानविन प्रक्रियामा सहभागि गराउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । 

नेपाल सरकारले व्यवस्था मिलाओस् भनेर आग्रह गरेका छौं । उनीहरूलाई छानविन प्रक्रियामा ल्याएपछि मात्रै समिति निष्कर्षमा पुग्नसक्छ ।’ 

विदेशबाट ल्याउनुपर्ने व्यक्तिहरूको नामावली

१। जीबी राई (सूर्य दर्शन सहकारी, पोखरा
३। राजमाया महर्जन ( काठमाडौँ)

४। सचिन महर्जन (  काठमाडौँ )

५। सरला महर्जन ( ललितपुर )

६। ज्ञानबहादुर बम्जन ( सूर्यदर्शन सहकारी, पोखरा )

७। भुपेन्द्र राई( सूर्यदर्शन सहकारी, पोखरा )

८। तेजबहादुर बम्जन( शिव शिखर सहकारी )

९। देवकुमार नेपाली( इमेज वचत, पोखरा )

१०।छेदा नेपाली ( इमेज वचत सहकारी, बागलुङ )

११।तस्बिरन खातुन( सानोपाइला सहकारी,बीरगंज )

१२। असरफ अलि ( सानो पाइला सहकारी, बीरगंज )

१३।सुवास केसी ( सहारा सहकारी, चितवन )

१४। दीपक पौडेल( इमेज सहकारी, बागलुङ )

१५। लीलानाथ गौतम (शिव शिखर सहकारी, भक्तपुर )

१६। महाशंकर रेग्मी (मेघा ड्रिम सहकारी, काठमाडौँ )

१७। थानबहादुर बुढामगर ( सूर्यदर्शन सहकारी, पोखरा )

१८। प्रेमध्वज लामा ( कान्तिपुर कोअपरेटिभ, काठमाडौँ )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज