सर्वोच्च परिसर भित्रै संगठनको ट्युसन सेन्टर !! विरोधमा कर्मचारीले लगाए ताला

काठमाडौँ । सर्वोच्च अदालतभित्र लोक सेवा आयोगको तयारीका लागि सञ्चालनमा ल्याइएको ट्युसन सेन्टरमा नेपाल राष्ट्रिय कर्मचारी संगठनले तालाबन्दी गरेको छ ।

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, सर्वोच्च अदालत विभागीय कार्यसमितिले सर्वोच्चको एनेक्स भवनको सभाहलमा मंगलबार देखि नेपाल न्याय सेवा समूहअन्तर्गत लोक सेवा आयोगले लिने उपसचिव तहको परीक्षाको तयारीका लागि ट्युसन सेन्टर सञ्चालनमा ल्याएको थियो । बिहान साढे ६ देखि साढे ८ बजेसम्म न्याय सेवाको लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भन्दै संगठनले ५० जनाको सिट सङ्ख्या नै निर्धारण गरेर साढे १३ हजार रुपैयाँ शुल्क उठाएको थियो । मंगलबारदेखि सर्वोच्च परिसरमा लोक सेवाको तयारी कक्षा सञ्चालन शुरु भएको थियो । सर्वोच्च अदालतभित्रै तयारी कक्षा सञ्चालनको समाचार सार्वजनिक भएपछि त्यसको विरोधमा संगठनले तालाबन्दी गरेको हो ।

संगठनका अध्यक्ष हरि भट्टराईले विज्ञप्ति जारी गर्दै गैरकानूनी रुपमा व्यापार व्यवसाय सञ्चालन गर्न दिइएको सो हल नदिन अनुरोध गरकोमा कक्षा सञ्चालन भएको देखिएकोले सो सम्बन्धमा सर्वोच्च अदालत प्रशासनबाट कुनै सुनुवाई नभएको हुँदा सार्वजनिक सम्पतिलाई ्र दुरुपयोग हुन नदिन आजैदेखि हामी नेपाल राष्ट्रिय कर्मचारी संगठन, विभागीय समिति, सर्वोच्च अदालतले उक्त हलमा तालाबन्दी गर्ने निर्णय गरिएको बताएका छन् । सो कार्यबाट उत्पन्न हुने परिस्थिति प्रति सर्वोच्च अदालत प्रशासन स्वयम् जिम्मेवार र जवाफदेही हुने बेहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज