सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि कारागार प्रशासकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक (शाखा अधिकृत) विनोद कुमार दत्त कर्णविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कर्णले सेवाग्राहीसँग एक लाख ३१ हजार ४०० रुपैयाँको सामान र एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सेवाग्राहीलाई काम गरे बापत पाउने सेवा सुविधा दिन सहजीकरण गरिदिने भनी घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले कर्णलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

कर्णले कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदारसँग निजलाई चौकीदारबाट हटाउने र अरू कुनै सुविधा नदिने तथा कैदकट्टारमाफी मिनाहाका लागि सिफारिस गर्दा असहयोग गर्ने लगायतको विषय देखाइ दान, दातव्य, उपहार स्वरुप पाँच हजार मूल्य पर्ने जुत्ता र एक हजार २६ हजार ४०० रुपैयाँ पर्ने ‘एलइडी’ टेलिभिजन लिएको अख्तियारको दाबी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज