रकम हिनामिनाको आरोप लागेका नमस्ते सहकारीका ८ जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले काठमाडौँको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारीका ८ जना सञ्चालक तथा कर्मचारीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ ।

सहकारीको रकम हिनामिना गरेको आरोपमा नमस्तेका अध्यक्ष रविन्द्र थापा, श्रद्धा मगर, सुधन पाण्डेय, जानुका सुवेदी, शनी शाक्य, दिनेश राज सिग्देल, श्रवण मगर र अर्जुन भट्टराईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। नमस्ते बचत तथा ऋण सहकारीका प्रबन्धक गणेश सिजापति कारागारमा छन् । २०८० माघमा उनलाई इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएर मुद्दा चलाएको थियो ।

अदालतले जेठ ६ मा प्रहरी वृत्त नयाँ बानेश्वरलाई पक्राउ गरेर पठाउन भन्दै पत्राचार गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज