अदालतमा बयान फेर्ने २ जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनेमा चितवन, कालिका नगरपालिका घर भइ हाल पोखरा महानगरपालिका बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेल रहेका छन् ।
अख्तियारले पोखरा महानगरपालिकाका सब– इन्जिनियर उषाकिरण रोकाया समेतका व्यक्तिहरू सेवाग्राहीसँग घुस मागेको भन्ने मुद्दामा साक्षीको रुपमा पेस गरेको थियो ।
उनीहरूले अख्तियारमा दिएको बयान र अदालतमा दिएको बयान फरक परेको अख्तियारले जनाएको छ । उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३ बमोजिमको कसुर रहेको ठहर गर्दै ३ लाख ५० हजार बिगो दाबी समेत माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज