काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कानून समूहका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । न्याय सेवातर्फका कानून समूहका सहसचिव आलोकचन्द्र श्रेष्ठ र पाराश्वर ढुङगाना सचिव बढुवामा भएका हुन ।
न्याय सेवा आयोगको बैठकले साउन १५ गते श्रेष्ठ र ढुङगानालाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो । श्रेष्ठ रक्षा मन्त्रालय तथा ढुंगाना कानुन आयोगमा कार्यरत थिए ।
श्रेष्ठलाई कानुन सेवा आयोगमै पदस्थापन गरिएको छ भने बढुवा भएका अर्का सचिव ढुङगानालाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।
मन्त्रिपरिषदको बैठकले उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गर्दै त्यहाँका सचिव फणीन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवाको निर्णय समेत गरेको छ ।