याक एण्ड यतिको क्यासिनोको ११ करोड रोयल्टी विवाद सर्वोच्चले पूर्ण इजलासमा पठायो

काठमाडौँ । काठमाडौँको पाँचतारे होटल याक एण्ड यतीमा सञ्चालित क्यासिनोको रोयल्टी विवाद पूर्ण इजलासमा पेस हुने भएको छ । सर्वोच्च अदालतका अनुसार दुई न्यायाधीशको इजलासले यो विवाद पठाएको हो भने तत्काल नटुङ्गिने भएको छ ।

मङ्गलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त विवाद पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । अब यसको निरूपण तीन न्यायाधीशको इजलासले गर्ने छ । 

विगत १० वर्षभन्दा बढी समयदेखि यो विवादको गाँठो फुक्न सकेको छैन । ११ करोड ८७ लाख ८५ हजार रुपैयाँ रोयल्टी बक्यौताको विवाद १० वर्षभन्दा अदालतको चक्करमा घुमिरहेको र  याक एन्ड यती होटलले २०४८ सालदेखि क्यासिनो सञ्चालन गर्न  अनुमति लिएको थियो ।

२०६६ मा उसले गिल्ट इनभेस्टमेन्ट प्रालि नामक कम्पनीसँग सम्झौता गरी क्यासिनो सञ्चालन गर्न दिएको थियो । २०७० सम्म होटलले नै क्यासिनोको रोयल्टी तिर्दै आएको थियो । २०६७/०६८ देखि ०६९/ ७० गरी तीन वर्षको रोयल्टी तथा विलम्ब दस्तुरसमेत गरी ६ करोड ८२ लाख रुपैयाँ सरकारलाई बुझाएको थियो । 

२०७० साउन ०७ मा नयाँ क्यासिनो नियमावली आएपछि विवाद सुरु हुँदै सर्वोच्चसम्म आइपुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज