काठमाडौं । न्याय परिषद्ले ३५ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को शुक्रबार बसेको बैठक न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सिफारिस गरेको हो । उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीशहरु रिक्त रहेका छन् । उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको बताइएको छ ।
Loading...