काठमाडौँ । व्यवसायी अरुण चौधरीको स्वामित्वमा रहेको काठमाण्डौं महानागरपालिका वडा नं १० बाँसबारीस्थित चाँदबाग स्कुलले अतिक्रमण गरेको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले सात दिनको अल्टिमेटम दिएको छ ।
तत्कालीन बाँसबारी छाला जुत्ता उद्योगबाट चाँदबाग रेसिडेन्सीको नाममा गएको १० रोपनी जग्गा साउन ९ मा भएको निर्णयबाट कित्ताकाटसहित सरकारको नाममा कायम भएको थियो। जग्गा सरकारको नाममा कायम भएपनि चाँदबाग स्कुल त्याहाँबाट नसरेपछि महानगरले यस्तो अल्टिमेटम दिएको हो ।
सोमबार महानगरको नगर प्रहरी बल स्कुलको जग्गा खाली गराउनका लागि पुगेको थियो । शुरुमा दुई दिनभित्र खाली गराउन २ दिनको अल्टिमेटम दिइए पनि समय थप गरि ७ दिनको समयावधि दिइएको महानगरले जनाएको छ ।
महानगरपालिका प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले विद्यालय सञ्चालकबाट जग्गा खाली गराउन समय थपको माग गरेपछि महानगरले सात दिनको समय थप दिएको बताए । उनले भने ‘हामीले २ दिनभित्र जग्गा खाली गराउन भनेका थियौं तर विद्यालयले थप समय मागेकाले अधिकतम सात दिनभित्र खालि गर्न भनिएको छ ।