गण्डकी प्रदेश सरकारले माग्यो ७१ जना न्यायिक सहजकर्ताका लागि दरखास्त 

काठमाडौँ । गण्डकी प्रदेश सरकारले ७१ जना न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखराले आइतबार एक सूचना प्रकाशित गर्दै गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता पदमा दरखास्त आह्वान गरेको हो । 

सूचनामा भनिएको छ, गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउनुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र यस कार्यालयमा आवेदन दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । यस सम्बन्धी फाराम, कार्य विवरण, पारिश्रमिक, सेवाका शर्तहरू स्थानीय न्यायिक सहजकर्ता (छनौट तथा परिचाल) कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिम हुनेछ ।
कानून विषयमा स्नातक तह उत्तीर्ण गरेको एक्काईस वर्ष उमेर पूरा भएको र प्रचलित कानूनले अयोग्य नभएको नेपाली नागरिकले न्यायिक सहजकर्ताका लागि दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।  

उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यता र चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, अनुभव तथा तालिम तथा प्रचलित नेपाल कानून बमोजिम परिषद् वा अन्य निकायमा दर्ताभएको कागजातको प्रमाणित प्रतिलिपि संलग्न हुनु पर्नेछ उल्लेख गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज