नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको छ । झाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध गरि चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो । झाले आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज