काठमाडौं । युवापुस्तामाझ निकै चर्चित सामाजिक सञ्जाल टिकटकमा नेपाल सरकारले लगाएको प्रतिबन्ध हटाएको छ । गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बाले बताए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको बताइएको छ ।
सरकारले टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि निर्देशन गरेको उनले बताए ।