हतार हतारमा हटाइयो धितोपत्र सम्बन्धि विधेयकको मस्यौदामा लेखकको नाम (हेर्नुस यी हुन दुवै फाइल)

काठमाडौं । संघीय संसद्‌मा दर्ता भएको धितोपत्र सम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८१ को संसद सचिवालयको वेवसाइटमा अपलोड गरिएको पिडिएफ भर्सनको फाइलमा उल्लेख गरिएको “ल फर्म” को नाम अथर (लेखक) बाट हटाइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सुमना श्रेष्ठले यो विद्येयक अमुक ल फर्ममा तयार भएको भन्दै प्रश्न उठाएकी थिइन ।

दिउँसो ३ बजेसम्म पनि संसद सचिवालयको वेवसाइटबाट डाउनलोड भएको विद्येयकको पिडिएफ भर्सनमा अथर (लेखक) को नाम “पायोनियर ल एसोसिएट्स” उल्लेख छ । यो “ल फर्म” कर्पोरेट लयर अनुपराज उप्रेती सहितको टिमले चलाउँदै आइरहेको छ । ३ वजे पछाडी उक्त फाइल हटाएर नयाँ फाइल अपलाड गरिएको छ । जसमा अथर (लेखक) को नाम “डेल” देखिन्छ ।

बैठकमा बोल्दै सांसद श्रेष्ठले यो अर्थमन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै ल फर्मले किनिदिएको हो ? कि त्यो विधेयक नै ल फर्ममा ड्राफ्ट गरेको हो ? भन्दै प्रश्न गरेकी थिइन ।

धितोपत्र सम्बन्धि संवेदनशील विधेयक एउटा ल फर्मको नाम राखेर संसद्को वेबसाइटमा दर्ता गरिएको विषयमा संसद् गम्भीर बन्न आग्रह गर्दै सांसद श्रेष्ठले यस्तो महत्त्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि सरकारले ड्राफ्ट गर्छ कि कुनै ल फर्मले ड्राफ्ट गर्छ ? भन्दैआउटसोर्स गरेको भए आउटसोर्सको डकुमेन्टेसन उपलब्ध गराउनु पर्ने भनाइ राखेकी थिइन । धितोपत्र संशोधनको विधेयक अमूक ल फर्ममा तयार गरेको भए यो खारेज गरेर अर्को दर्ता गर्न उनले माग गरेकी थिइन ।

सांसद श्रेष्ठले यो प्रश्न उठाए लगत्तै संसद सचिवालयको वेव साइटमा पुरानो फाइल हटाएर नयाँ फाइल अपलोड गरिएको हो ।

सम्बन्धित समाचार: 

https://www.kanunkhabar.com/contemporary/19100/

पहिला अपलोड भएको फाइल : 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

नाम सच्याएर अपलोड गरिएको फाइल : 

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज