टीआरसी विधेयकको अन्तर्राष्ट्रिय समुदायबाट स्वागत

काठमाडौँ । नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण भएकोमा अन्तराष्ट्रिय समुदायबाट स्वागत गरिएको छ । आइतबार अमेरिका र बेलायत सहितका विभिन्न ९ देश र युरोपियन युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालको दुवै सदनबाट सर्वसम्मत रुपमा पारित भएकोमा स्वागत गरेका हुन् । 

हालै बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन नेपालको सङ्घीय संसद्को दुवै सदनले पारित गरेका थिए । बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यसले कानुनी रूप लिएको छ । 

आज संयुक्त विज्ञप्ति जारी गर्नेमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, जापान, स्विट्जरल्याण्ड, नर्वे, फिनल्याण्ड र युरोपियन युनियन रहेका छन् । ती देशले यो विधेयकको स्वागत गर्दै आफूहरू पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने बताएका छन् ।

नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको भन्दै संयुक्त विज्ञप्तिमा भनिएको छ,  ‘निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरुपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज