काठमाडौँ । नेपाल बार एशोसिएसनले संशोधित न्यायपरिषद् नियमावली विरुद्ध आन्दोलन शुरु गरेको छ । आइतबार एशोसिएसनले फेसबुकमा रहेको आफनो आधिकारिक पेजमा सूचना सार्वजनिक गर्दै आफू मातहतका सम्पूर्ण नेबाएका एकाइलाई आन्दोलनमा उत्रिन आव्हान गरेको हो ।
उक्त सूचना अनुसार आन्दोलनका कार्यक्रममा आज आइतबार धर्नाको कार्यक्रम तय गरिएको छ । सूचनामा भनिएको छ ,नेपाल बार एशोसिएसनका सम्पूर्ण एकाइहरूमा आज
अति विवादास्पद संशोधित न्यायपरिषद् नियमावली विरुद्ध धर्ना कार्यक्रम आयोजना गरि विरोधको कार्यक्रम सञ्चालन गर्नु हुन यसै सूचना मार्फत जानकारी लागी अनुरोध छ ।
नेपाल बार एशोसिएसनका महासचिव मार्फत जारी सूचनामा नेपाल बार एसोसियसन देशभरका एकाइ बारहरूमा र काठमाण्डौमा नेबाएको प्राङ्गणमा बिहान ११ बजे देखि धर्ना कार्यक्रम गरिने उल्लेख गरेको छ ।