नेतृ रामकुमारी झाँक्रीलाई रवीन्द्र मिश्रको प्रश्नः भावी पुस्तामाथि पाप गर्ने ?

रवीन्द्र मिश्रले नेकपाएसकी नेतृ रामकुमारी झाँक्रीले एउटा टेलिभिजन कार्यक्रममा दिएका अन्तर्वातालाई सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै भावी पुस्तामाथि पाप गर्ने भन्दै प्रश्न गरेका छन् । हेरौं यस्तो छ मिश्रले शेयर गरेको सामग्रि:
दश बजे सर्वोच्च अदालत गएँ। प्रधानन्यायाधीशलाई भेटेँ। घरबेटीको मुद्दाको ‘स्टे अडर’ खारेज गर्न लगाएँ: पूर्व मन्त्री रामकुमारी झाँक्री ।
लाग्छ, उहाँलाई यो कामको गाम्भिर्य पटक्कै थाहा भएन। संभवत: उहाँलाई आफ्ना अग्रजहरूबाट त्यसैगरी दीक्षित हुनुहुन्थ्यो।
यो कति गम्भिर विषय हो भन्ने अरूलाई पनि वोध होस् भन्नाका लागि यो श्यर गर्ने निर्णय गरेको हुँ। रामकुमारीजी र तात्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा दुबैको यसमा बराबर गल्ती छ।
१. जे भयो त्यो न्यायपालिकामाथि कार्यपालिकाको ठाडो हस्तक्षेप हो।
२. न्याधिशलाई प्रभावित गर्नु भ्रष्टाचार हो।
३. अदालतको अवहेलना हो।
४. प्रधानन्यायाधीशको पदीय आचरण विपरितको काम हो।
५. सबैभन्दा महत्वपूर्ण कुरा, यति सानो विषयमा प्रधानन्यायाधीशलाई त मन्त्रीले सिधै प्रभावित गर्न सक्छन् भने अब भन्नुस्, भागबण्डामा न्यायाधीश भएकाहरूले महत्वपूर्ण विषयहरूमा के, के गर्छन् होला?
संविधान ‘सर्भिसिङ’ होइन के, ‘ओभरहलिङ’ नै गर्नुपर्छ यी सारा विकृति रोक्न। नत्र यो देश बन्दैन — विश्वास गर्नुस् न। भावी पुस्तामाथि पाप गर्ने?
#नैतिकसंकट (#EthicalCrisis) र #ज्ञानकोसंकट (#KnowledgeCrisis) असोचनीय तहमा पुगिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज