काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले बुधबार कानुन व्यवसायीहरूसँग छलफल गरेको छ । सिंहदरबारस्थित कार्यालयमा कानुन व्यवसायीहरूसँग छलफल गरेको हो ।
छलफलमा सहकारी संस्थाको बचत रकम हिनामिनामा संलग्नहरूलाई कारबाही देखि सर्वसाधारणको बचत फिर्ताका सम्बन्धमा छलफल भएको बताइएको छ ।
मङ्गलबार मात्रै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको लागि १५ दिन कार्यावधि थप गरिएको थियो । प्रतिनिधिसभाको हिजोको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको थियो ।