नेपाल कानून व्यवसायी परिषदले खुलायो अधिवक्ताको ३२ औं परीक्षाका लागि आवेदन

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्ले अधिवक्ताको ३२ औं परीक्षाका लागि आवेदन आव्हान गरेको छ । परिक्षामा सहभागि हुन चाहाने र योग्यता पुगेका व्यक्तिले अनलाईन मार्फत फाराम सक्ने परिषद्ले जनाएको छ । २०८१ असोज ०३ गतेदेखि २०८१ असोज २३ गतेसम्म र दोब्बर दस्तुर तिरी अर्को ७ दिनसम्म अर्थात २०८१ असोज ३० गतेसम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । यसका लागि देहायबमोजिमको योग्यता तोकिएको छ ।

आवश्यक योग्यता
१. कानूनमा स्नातक तह उत्तीर्ण गरेको वा अभिवक्ताको प्रमाणपत्र प्राप्त गरी निरन्तर रूपमा ७ वर्षसम्म कानून व्यवसाय गरेको ।
२. नेपाल खुला विश्वविद्यालयबाट कानून विषयमा स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरूको हकमा सर्वोच्च अदालत संवैधानिक इजलासको मुद्दा नं. ०८०- FN – ०४८४ (०७९-wc–००१०) को मुद्दामा मिति २०८०।९।६ गते भएको अन्तरिम आदेश बमोजिम नेपाल कानून व्यवसायी परिषद् (कानूनी शिक्षा) नियमावली, २०७७ लागू हुनु पूर्व नेपाल खुला विश्वविद्यालयमा अध्ययन गरी उपाधि प्राप्त व्यक्तिहरूले मात्र परीक्षा फाराम भर्न पाउने छन् ।

संलग्न गर्नुपर्ने कागजात
१. कानूनमा स्नातक उत्तीर्ण गरेको लब्धाङ्क पत्र, चारित्रिक प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्र । २. विदेशबाट अध्ययन गरेको भए त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण प्रमाणपत्र (Equivalence Certificate)।
३. अभिवक्ता भई निरन्तर ७ वर्ष कानून व्यवसाय गरेको भए अभिवक्ताको प्रमाणपत्र र निरन्तर ७ वर्ष कानून व्यवसाय गरेको पुष्टि हुने कागजात ।
४. हालसालै खिचेको दुवै कान स्पष्ट देखिने पासपोर्ट साईजको फोटो ।
५. सादा सेतो कागजमा आवेदकको दस्तखत र ल्याप्चे ( दुबै हातको बुढी औंलाका) को स्पष्टसँग देखिने फोटो ।

दस्तुर सम्बन्धी ब्यवस्था
१. परीक्षा फाराम दस्तुर रु. ५००।- र परीक्षा दस्तुर रू. ४,०००/- गरी जम्मा रकम रू. ४,५००/- परिषद्को राष्ट्रिय बाणिज्य बैंक थापाथली शाखाको च.हि.नं. १४३०१००००११३५००१ वा सिद्धार्थ बैंक लि. हात्तिसार शाखाको च.हि.नं. ००११५४०३९१९ मा बुझाएको बैंक भौचर वा दाखिला भएको प्रमाण अनिवार्य रूपमा Online फाराममा प्रविष्ट गरेको हुनु पर्नेछ ।
२. रकम दाखिला गर्दा आवेदकको पूरा नाम, थर र मोबाइल नं. अनिवार्य रूपमा उल्लेख गरेको हुनु पर्नेछ । ३. एकै मोवाइल नं. बाट एकभन्दा बढी आवेदकको नाममा रकम जम्मा गर्न पाइने छैन ।

दरखास्त फाराम उपलब्ध हुने स्थान
नेपाल कानून व्यवसायी परिषद्को exam. smart.org.np मा Login गरी दरखास्त फाराम भर्न सकिने छ । उक्त वेभसाइटमा भरिएको फाराम रूजू भए नभएको यकिन गर्न आफ्नो फाराम भर्दाको इमेल र पासवर्ड प्रयोग गरी हेर्न सकिनेछ र परीक्षा फाराम भर्ने म्याद समाप्त भएपछि दरखास्त फाराम स्वीकृत भएको परीक्षार्थीले प्रवेशपत्र डाउनलोड गर्न सक्ने छन् ।

दरखास्त फाराम भर्ने अवधि
मिति २०८१ असोज ०३ गतेदेखि २०८१ असोज २३ गतेसम्म र दोब्बर दस्तुर तिरी अर्को ७ दिनसम्म अर्थात २०८१ असोज ३० गतेसम्म ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज