काठमाडौं । संवैधानिक परिषदको बैठक बुधबार बस्दै छ । संवैधानिक परिषद्को सचिवालयले अपराह्न ५ बजेको बैठकका लागि बैठक बस्ने जानकारी दिएको छ ।
स्रोतका अनुसार आज बस्ने बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि छलफल हुने बताइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेरहदका कारण आगामी असोज १९ देखि अवकाश पाउँदैन् । प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैको तयारी स्वरुप न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेका आठ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको थियो ।
सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीशका रुपमा रहेका न्यायाधीश प्रकाशमान सिंह राउतलाई संवैधानिक परिषद्ले सर्वोच्च प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । संसदिय सुनुवाईबाट अनुमोदन भए राउन अब नयाँ प्रधानन्यायाधीश बन्ने छन् ।