काठमाडौं । घरेलु कामदारको रुपमा राखेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेका नेपाल प्रहरीका इन्स्पेक्टर विदुर सिवाकोटीलाई उच्च अदालतले बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर सिवाकोटीलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
काठमाडौंको नागार्जुन नगरपालिका– १ घर भएका सिवाकोटीले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पीडित बालिकाले प्रहरीमा उजुरी गरेकी थिइन । उनलाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले २३ जेठमा उद्धार गरेको थियो। बालिकाको उजुरीका आधारमा सिवाकोटीलाई पक्राउ गरी अभियोजन प्रक्रिया अघि बढाएको थियो।
बलात्कारको अभियोग लागेका इन्स्पेक्टर सिवाकोटी जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा थिए।