काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले देशभरिका सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गरेलगत्तै अदालतहरूमा पनि अनलाइन सेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) नचल्ने भएको छ ।
संसर्वोच्च अदालतले शुक्रबार एक सूचना जारी गर्दै उच्च अदालत र उच्च अदालतका इजलास, जिल्ला अदालत र निकायहरूमा सेयर कारोबार गर्न टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ भदौमा सरकारी कार्यालयमा टीएमएस नचलाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको थियो । त्यस लगत्तै भदौ २३ मा सरकारले सबै सरकारी तथा सार्वजनिक निकायमा टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।