काठमाडौँ । राष्ट्रियसभा मातहतका दुई विषयगत समिति विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नयाँ सभापति चयन भएका छन् । विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका हुन ।
निर्वाचित दुबै सभापतिलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
विषयगत समितिका सपभातिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।